५० हजार रुपैयाँमा नागरिकता बेच्ने नासु पक्राउ
काठमाडौं । ५० हजार रुपैयाँमा एक चिनियाँलाई नेपाली नागरिकता बेचेको आरोपमा जिल्ला प्रशासन कार्यालय, धादिङका नायब सुब्बा कृष्णप्रसाद थपलिया पक्राउ परेका छन् । यसअघि पक्राउ परेकाको बयानका आधारमा उनलाई पक्राउ गरिएको धादिङका एसपी गौतम केसीले बताए ।
तिब्बती नागरिक सोनाम तामाङले आर्थिक चलखेलका आधारमा नेपाली नागरिकता पाएका हुन् । उनको नागरिकतामा अधिकृत छत्र अधिकारीले हस्ताक्षर गरेका छन् । चीनको तिब्बत घर भएका सोनामले चार लाख खर्च गरेर जिल्ला प्रशासन, धादिङबाट नागरिकता लिएको खुलेपछि कर्मचारी पनि छानबिनमा तानिएका हुन् । जिल्ला प्रशासनका कर्मचारीलाई ५० हजार रुपैयाँ घुस दिएर सम्बन्धित व्यक्तिसमेत उपस्थित नभई नागरिकता लिएको खुलेको छ ।
प्रहरीले सोनामसहित पाँचजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । प्रहरीले सोनामसहितका व्यक्तिलाई गत ४ असोजमा बौद्धमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो । उनी चिनियाँ नागरिक रहेकोमा नेपाली नागरिकता भेटिएपछि प्रहरीले छानबिन गर्दा २६–०१–८१–०३२१७ नम्बरको सो नागरिकता सक्कली भएको खुल्यो । यसमा धादिङ प्रशासनका अन्य कर्मचारीहरु समेत छानविनमा रहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया