उद्धार प्रयासमा लागेका सेनाका कर्णेलको पहिरोबाट मृत्यु

काठमाडौं । पहिरोबाट नेपाली सेनाका कर्णेलले पनि ज्यान गुमाएका छन् । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित सिन्धु बीच रिसोर्टमा प्रमुख सेनानी मिलन केसीको मृत्यु भएको हो ।
उनी विदेशी साथीहरुसहित सो रिसोर्टमा गएका थिए । साथीहरु पहिरोले पुरिएपछि उद्धारमा जाँदा उनी पनि पुरिएका थिए । तत्कालै निस्कन सफल भएपनि गम्भीर चोटका कारण उनको मृत्यु भएको स्थानीयले बताएका छन् ।
सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत उनी शान्ति मिसन जाने तयारीमा थिए । सो पहिरोमा एक कोरियनको समेत मृत्यु भएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताए ।
ताजा अपडेट
-
कमला नदीमा दुई लाख माछाका भुरा छोडियो
-
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
-
मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
प्रतिक्रिया