NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २७ गते

विपतको समयमा मुख्यसचिव सम्मान थाप्न, आइजिपी विदेश घुम्न व्यस्त

काठमाडौं । गत साताको बाढी पहिरोका विपतमा राजनीतिक नेतृत्व मात्र होइन कर्मचारीतन्त्र पनि चरम गैरजिम्मेवार देखिएको छ । भारी वर्षाले ठूलो क्षती हुँदैछ भन्ने थाहा हुँदाहुँदै १२ गते मुख्यसचिव एकनारायण अर्याल सम्मान थाप्न गृहजिल्ला स्याङजामा व्यस्त थिए । अघिल्लो दिन मात्र उनी झरीकैबीच स्याङजा पुगेर दिनभरी त्यहाँ बसेका थिए । त्यही दिन राजधानी लगायतका जिल्लामा राष्ट्रिय विपत्ति भएको थियो ।

त्यस्तै, नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवर पनि यूरोप भ्रमणमा व्यस्त छन् । ७ असारमा एक कार्यक्रममा सहभागी हुने उनी ग्रिस गएका थिए । लागुऔषधसम्बन्धि सो अन्तराष्ट्रिय गोष्ठि १० असोजमा नै सम्पन्न भइसकेको छ । त्यसपछि आइजिपी कुँवर व्यक्तिगत भ्रमणमा छन् ।

विपतको समयमा देशका दुई मुख्य व्यक्ति नै व्यक्तिगत रमझममा लागेको घटनाले राज्यको स्थायी सरकारको वास्तविक चरित्र बाहिर आएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष