अफगानिस्तानमा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु पाँच बेपत्ता
काठमाडाै । पूर्वी अफगानिस्तानमा आँधीका कारण डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु हुनुका साथै पाँच जना अझै पानीमा बेपत्ता रहेको स्थानीय अधिकारीले मङ्गलबार बताएका छन् ।
प्रान्तीय सूचना विभागका प्रमुख कुराइसी बद्लुनले डुङ्गा सोमबार दिउँसो नङ्गरहार प्रान्तको कुज कुनार जिल्लास्थित नदीमा डुबेर दुर्घटना भएको बताएका छन्।
घटनाको बारेमा जानकारी दिदै उहाँले डुङ्गामा सवार १७ जना मध्ये आठ जनाको मृत्यु पुष्टि भएको र चार जनालाई उद्धार गरिएको तथा पाँच जना अझै बेपत्ता रहेको उल्लेख गरेका छन् ।
नदीमा पुल अभावका कारण दुर्घटनाग्रस्त क्षेत्रका बासिन्दाले नियमित रूपमा नदी पार गर्न डुङ्गा प्रयोग गर्ने गरेको जनाइएको छ ।
अधिकारीहरुका अनुसार गत जुन महिनामा नङ्गरहारमा भएको डुङ्गा दुर्घटनामा आठ जनाको ज्यान गएको थियो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया