आदिवासी जनजातिलाई निःशुल्क लोक सेवा र शिक्षक सेवाको तयारी कक्षा, आवेदन मागियो
काठमाडौं । लोक सेवा आयोग र शिक्षक सेवा आयोगले विज्ञापन गर्ने पदहरूको तयारी कक्षामा आदिवासी जनजातिहरूले निःशुल्क अध्ययन गर्न पाउने भएका छन् ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले निजामती सेवाको शाखा अधिकृत र नायब सुब्बा तथा शिक्षक सेवा आयोगको प्रावि, निमावि र मावि तहका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्न लागेको हो ।
प्रतिष्ठान ऐन, २०५८ मा सूचीकृत आदिवासी जनजातिका लागि लक्ष्य गरेर सञ्चालन गर्न लागिएको लोक सेवा र शिक्षक सेवाको तयारी कक्षाका निम्ति अनलाइन दरखास्त आह्वान गरिएको प्रतिष्ठानले जनाएको छ । दरखास्त फाराम बुझाउने म्याद ३५ दिनको छ ।
प्रतिष्ठानका अनुसार, शिक्षक सेवाका पदको तयारी कक्षाका लागि फाराम भरेका सबैले अनलाइन तयारी कक्षामा सहभागी हुन पाउनेछन् भने शाखा अधिकृत र नासुको कक्षाका लागि छनोट परीक्षा हुनेछ । यससम्बन्धी परीक्षाको केन्द्र र मिति पछि तय गरिने प्रतिष्ठानले जनाएको छ ।
शिक्षक सेवाले माग गर्ने पदहरूको परीक्षा अनलाइनबाट भए पनि शाखा अधिकृत र नासुको भने भौतिक रूपमा गर्ने प्रतिष्ठानको तयारी छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा



प्रतिक्रिया