NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

फेजआउट भइसकेका कार्यक्रमको मौका परीक्षा सञ्चालन गर्दै सिटिइभिटी

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले स्वास्थ्यतर्फका फेजआउट भएका विभिन्न कार्यक्रमहरूको मौका परीक्षा सञ्चालन गर्ने भएको छ ।

शैक्षिक सत्र ०७५/७६, र ०७६/७७ मा रजिस्ट्रेसन भई स्वास्थ्यतर्फ फेजआउट भएक विभिन्न कार्यक्रमहरूको परिषद्ले मौका परीक्षा सञ्चालन गर्न लागेको हो ।

परिषद्ले फेजआउट भइसकेका विषयको विशेष मौका परीक्षा सञ्चालन गर्न लागेको जनाउँदै यसको तालिका आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको जनाएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष