राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि ओपिडी सेवा दिने
घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्ने भएको छ ।
प्रतिष्ठानका रजिस्ट्रार प्रा श्याम लम्सालले बिरामीको सेवालाई ध्यान दिँदै दसैँ बिदामा पनि ओपिडी सेवा सञ्चालन गरिने जानकारी दिए ।
एमडिजिपी डा धिरज जैसवालमार्फत विशेषज्ञ सेवा दिन लागिएको उनले बताए । बडादसैँको बिदाका दिनहरूमा समेत प्रतिष्ठानको विशेषज्ञ चिकित्सकद्वारा सञ्चालन गरिनेछ ।
यो सेवा असोजको २४ गते बिहीबारदेखि २८ गते सोमबारसम्म सञ्चालन गरिने उनको भनाइ छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया