NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २२ गते

नेपाल प्रहरी र सशस्त्र प्रहरीको बिधेयकमा अर्थ र कानून मन्त्रालयको सहमति, अब १६ वर्षमै पेन्सन

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विधेयकमा अर्थ र कानून मन्त्रालयले रायसहित सहमति दिएका छन् । सहमतिसँगै बिधेयकको मस्यौदा गृह मन्त्रालयले मन्त्रिपरिषदमा लगेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विधेयक परामर्शका लागि लोकसेवा आयोग पठाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आइतबार जानकारी दिए।

दुवै विधेयकमा भर्नादेखि बढुवा तथा अवकाशसम्मका प्रावधान संशोधन गर्न लागिएको छ। गृहमन्त्री रमेश लेखकले दुवै प्रहरीको नयाँ ऐन छिट्टै ल्याउने बताउँदै आएका छन्। बिधेयकमा तल्लो तहका प्रहरीलाई १६ वर्षमै पेन्सन दिने प्रावधान छ । गृहमन्त्री रमेश लेखकले आफु मन्त्री भएको सय दिनभित्रै बिधेयक संसदमा लैजाने प्रतिबद्धता जनाएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष