‘बेहुली फ्रम मेघौली’ सिनेमा हलबाट उतार्ने निर्देशक बस्नेतको घोषणा
काठमाडाैं । फिल्म निर्माता निर्देशक एवम कलाकार निश्चल बस्नेतले आफ्नो फिल्म ‘बेहुली फ्रम मेघौली सिनेमा हलबाट उतार्ने घोषणा गरेका छन् । बस्नेतले सामाजिक सञ्जालमा एक स्टाटस राख्दै भोलि विहिबारदेखि सिनेमा हलबाट फिल्म उतार्ने घोषणा गरेका हुन् ।
राम्रो प्रतिकृया , दर्शकको राम्रो साथ , राम्रो अकुपेन्सी हुँदाहुँदै हिन्दी फिल्मलाई बढी सो दिएर नेपाली फिल्मलाई कम शो दिएको भन्दै एक दिन अघि पनि उनले सामाजिक सञ्जालमा स्टास राख्दै आक्रोस पोखेका थिए ।
सामाजिक सञ्जालमा उनले यसरी लेखेका छन् :
‘हलमा हेरीदिनुहुने सबै दर्शकहरुलाई धेरै धेरै धन्यबाद । सम्मानजनक शो उपलब्ध गराउनुभएकोमा QFX Cinemas लाई धेरै धेरै धन्यवाद । भोलीबाट (OCTOBER 17 ) हाम्रो फिल्म नेपालको सबै हलबाट हामीले नलगाउने निर्णय गरेका छौं । हाम्रो अवस्थालाई बुझिदिनुभएकोमा DCN , APPLE ENTERTAINMENT र OSR DIGITAL लाई पनि धन्यवाद । OTP को समस्या समाधान गर्दै अब चाडै भेट्नेछौं MSM VIDEO मार्फत । APP DOWNLOAD गर्दै गर्नुस है । USA , JAPAN , CANADA र SINGAPORE मा चै app मा उपलब्ध हुनेछैन ।’
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया