रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
काठमाडौं । सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइँदै छ ।
जिल्ला अदालत, कास्कीको अनुमतिमा शुक्रबार साँझ पक्राउ परेका उनीमाथि अनुसन्धानका लागि समय थप गर्न अदालतमा उपस्थित गराउन लागिएको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले आइतबार अदालत खुलेपछि लामिछानेलाई अदालतमा उपस्थित गराइने जनाएको छ । लामिछानेलाई शुक्रबार पक्राउ गरेर लगत्तै सडक मार्ग हुँदै पोखरा ल्याइएको भए पनि शनिबार सार्वजनिक बिदा भएका कारण आइतबार अदालतमा उपस्थित गराउन लागिएको हो ।
पोखराको सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम गोरखा मिडिया प्रालिमा लगानी लैजान प्रत्यक्ष संलग्न नभए पनि त्यहाँ पुगिसकेपछि त्यसलाई परिचालन गर्ने काममा संलग्न भएको आरोप रविमाथि छ । लामिछानेले भने सहकारीको रकम अपचलनमा संलग्न नहुँदा नहुँदै पनि सरकारले आफूमाथि राजनीतिक प्रतिशोध साधेको आरोप लगाएका छन् । सहकारीको रकम दुरूपयोगको अभियोगमा छविराज बञ्जाडे (जोशी) लगायत केही व्यक्ति पक्राउ परिसकेका छन् भने रविसहित ८ विरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया