वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या समाधान
काठमाडौ। वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या समाधान भइ सेवाप्रवाह सञ्चालन भएको छ । गत शुक्रबारदेखि सफ्टवेयरमा समस्या आएको र आज समस्या समाधान भइ सेवा प्रवाह सुरु भएको बोर्डका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।
सफ्टवेयरमा समस्या आएपछि वैदेशिक रोजगारीमा गएर मृत्यु भएका तथा अङ्गभङ्ग भएका कामदार र उनीहरुका परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणलगायतको काम रोकिएको थियो ।
प्रवक्ता ढकालले भने, “वैदेशिक रोजगारीमा रहेका श्रमिकका सन्तानलाई प्रदान गर्ने सफ्टवेयरमा केही दिनदेखि समस्या आएको थियो । आज समस्या समाधानपछि सेवा सुरु भइसकेको छ ।”
सफ्टवेयरमा समस्या देखिएर सेवा प्रभावित भएपनि इमेल तथा भौतिक रुपमा उपस्थित भइ दिएको निवेदन भने सङ्कलन निरन्तर रुपमा भइरहेको उनले बताए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया