विपक्षी दलले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं । प्रतिपक्षमा रहेका दलहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।
बाढीपहिरो प्रभावितलाई राहत तथा सामसामयिक राजनीतिक विषयमा ध्यानाकर्षण गराउन प्रतिपक्ष दलहरूले सोमबार ज्ञापनपत्र बुझाउन लागेका हुन् ।
गत शुक्रबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा प्रतिपक्ष दलहरूको बैठक बसेकोमा त्यसले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गर्दै कार्यदल नै गरेको थियो । कार्यदल सदस्यमा माओवादी केन्द्रका शक्ति बस्नेत, नेकपा (एकीकृत समाजवादी) बाट राजेन्द्रप्रसाद पाण्डे र रास्वपाबाट शिशिर खनाल सदस्य छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयका अनुसार कार्यदल सदस्यले सोमबार प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउने छन् ।
ज्ञापनपत्र बुझाउन प्रतिपक्षी दलले प्रधानमन्त्रीसँग ४ बजेको समय पाएका छन् ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया