चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद

इनरुवा । सशस्त्र प्रहरी-४ नम्बर गणले चालु आर्थिक वर्षको चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी सुनसरीले सुरु गरेको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत उक्त परिमाणमा गाँजा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिए ।
खुल्ला सीमाको प्रयोग गरेर भारतीय बजार तर्फ लगिरहेका बेला सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले गोप्य सूचनाको आधारमा गाँजा बरामद गरेको उनले बताए ।
सोही अवधिमा ब्राउन सुगर ९१ दशमलव ७९ ग्राम, ट्रमानील १८ हजार ४ सय ५० पीस बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गाँजा तथा लागुऔषध नेपाल प्रहरीलाई आवश्यक कारबाहीका लागि बुझाइएको उनले बताए ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया