पुँजीबजारको विकासमा के छ धितोपत्र बोर्डको भावी कार्ययोजना ?
काठमाडाैं । नेपाल धितापोत्र बोर्डले अन्तर्राष्ट्रिय अभ्यास, छिमेकी मूलुकहरुको अभ्यासअनसार बुक बिल्डिङ, प्रिमियममा सेयर निष्काशन गर्ने व्यवस्थाहरु ल्यायो । तर उक्त व्यवस्थामा धेरै विवाद आउन थाल्यो ।
यससम्बन्धमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता नवराज अधिकारी यी व्यवस्थाअनुसार अन्तर्राष्टियस्तरमा बेस्ट प्राक्टिस भएपनि नेपालमा सुरुवाती चरणमा भएकाले ‘ओभर रियाक्सन’ को कुरा आएको बताउँछन् । प्रिमियममा आइपपिओ निष्काशन गर्ने सम्बन्धमा विश्वभरी फैलिएको कोभिड १९, रुस–युक्रेनको युद्ध, पेट्रोलियम पदार्थको सप्लाई चेन आदिले अर्थतन्त्रमा असर पर्यो । अर्थतन्त्रमा परेको असररले गर्दा अगाडि नै तयार पारेको डकुमेन्ट प्रक्रिया लामो समय रोकिँदा कम्पनीको वित्तिय अवस्था कमजोर हुन पुग्यो । लामो समयपछि अनुमति दिने क्रममा असमान्ज्यस्ता देखिएको र त्यसले विवाद सिर्जना भएको प्रवक्ता अधिकारी बताउँछन् । उनका अनुसार पछिल्लो समय सार्वजनिक लेखा समिति, अर्थसमितिबाट निर्देशन र र महालेखापरिक्षकबाट सुझाव आएकाले यसलाई सुधार गरेर त्यो अनुसार आउँदा दिनमा यी कुराहरुलाई सम्बोधन हुने गरेर अगाडि बढाउने प्रक्रिया छ ।
पुँजीबजारमा पछिल्लो समय व्यापक अस्थिरता छ । बजार कहिले ह्वातै माथि जाने र कहिले तल झर्ने क्रम जारी छ । बजार ह्वातै बढ्दा विभिन्न सामाजिक सञ्जाल, क्लब हाउस र युट्युबहरुमा यो सेयर किन्नुस् यो बेच्नुहोस् भनेर स्वविज्ञकरुले लेखिरहेको र बोलिरहेको सुनिन्छन् ।
अहिलेको अवस्थामा बैंकिङ क्षेत्रको तरलता असाध्यै बढेर गएको छ, ६ खर्बभन्दा बढी तरलता बजारमा छ त्यो अवस्थामा बजारमा ब्याजदर घट्यो । आधारभूत रुपमा ब्याजदर घट्दा बजारको मूल्य बढ्छ । अर्कोतिर सेबोन अध्यक्ष नियुक्तिमा ढिलाई हुँदा प्राथामिक बजारमा सप्लाई रोकेको अवस्था छ, आइपिओ खुलेको भए त्यसले गर्दा डिमाण्ड एण्ड सप्लाईलाई सन्तुलन हुन्थ्यो, त्यो अवस्था पनि छैन ।
नेपालवाच र फाइनान्सियल लिट्रेसी नेपालको सहकार्यमा निर्मित टेलिभिजन कार्यक्रम ‘कुरा पैसाको’ यो एपिसोडमा धितोपत्र बोर्डले वर्तमान बजारलाई कसरी हेरिरहेको छ ? बोर्डको भावी कार्ययोजना के छलगायत विषयमा केन्द्रित रहेर कुरा गर्न खोजिएको छ । यससम्बन्धमा बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीसँग बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरीले गरेको कुराकानीको पूरा भिडियो :
ताजा अपडेट
-
कामपा-१६ की निर्वाचित अध्यक्ष श्रेष्ठले लिइन् शपथ
-
कतारका नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था मिलाउन उपराष्ट्रपतिको आग्रह
-
जापानमा यो वर्ष सामान्य भन्दा तापक्रम बढी
-
मन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजिकरणका लागि छलफल
-
आज पनि बढ्यो नेप्से, यी कम्पनीको मूल्यमा सकारात्मक सर्किट
प्रतिक्रिया