राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएकोमा बधाई दिएका छन् ।
राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल ट्विटमार्फत ऐतिहासिक जित हासिल गरेकोमा नेता ट्रम्पलाई बधाई दिँदै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रुपमा उनको दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गरेका छन् ।
उनले राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया