झिनो अंकले घट्यो सेयर बजार, ५ अर्ब २२ करोडको कारोबार
काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १ दशमलव ८८ अङ्कले ओरालो लागेर दुई हजार छ सय ७५ दशमलव ५१ मा पुगेको छ ।
आज ३२० स्टकको एक करोड १६ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब २२ करोड रूपैयाँको कारोबार भएको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर शेयर मूल्यमा वृदद्धि भएको छ । विकास बैंक ०.७३, वित्त ०.७९, जलविद्युत ०.४६, म्युचल फण्ड १.०९ र व्यापार ०.२९ प्रतिशतले बढेको छ ।
कारोबार रकमको आधारमा नेपाल फाइनान्स लिमिटेडको सर्वाधिक ३५ करोड ३८ लाख ३९ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै पिपुल्स हाइड्रोपावरको २३ करोड ९४ लाखको कारोबार भएको छ ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया