प्रतितोला पाँच सयले घट्यो सुनको मूल्य
काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु पाँच सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ६६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६६ हजार निर्धारण भएको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला रु २० ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार नौ सय ६० निर्धारण भएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया