NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ मंसिर १८ गते

३७ करोडको भ्रष्टाचार मुद्दामा प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित १३ जनालाई सफाई

काठमाडौँ । ३७ करोडको भ्रष्टाचार मुद्दामा प्रशासकीय अधिकृत तथा लेखा अधिकृतसहित १३ जनाले सफाई पाएका छन् । सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पौडेल, लेखा अधिकृत, निर्माण सेवाका प्रोपाइटरसहित १३ जनाविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दामा बिशेष अदाललते आइतबार सफाई दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नदीजन्य पदार्थहरु उत्खन्न तथा संकलन र बिक्री वितरण गर्दा भ्रष्टाचार गरेको दाबी गर्दै झण्डै ३७ करोड बिगो कायम गरेर गत १३ जेठमा मुद्दा दायर गरेको थियो ।

भेरीगंगा नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा भेरीनदी गोछेखोलाको नदीजन्य पदार्थहरु उत्खन्न तथा संकलन र विक्री वितरणका लागि आह्वान भएको ठेक्कामा नम्बर ४ र छिन्चुखोला तथा डुङ्गिखोलाको ठेक्का नम्बर ५ अनियमितता भएको आयोगको दाबी थियो । ठेक्का नगरपालिकाले दनियतपूर्ण तवरले फर्महरुसँग एकआपसमा मिलोमतो गरी धेरै रकमको ठेक्का साटफेर गरेर अधिकतम कबोल मूल्य घटाउने, सम्झौता गर्न नआउने तथा कार्यालयले पनि सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावलीको व्यवस्थाबमोजिम छनोट भएको सफल बोलपत्रदाताले समयमा सम्झौता गर्न गर्दा पनि धरौटी जफत नगरी बदमासी भएको थियो ।

त्यस्तै अरु ठेक्का साटफेर गर्न अवसर दिने, सम्झौता नगर्ने फर्मलाई कालोसूचीमा राख्नको लागि पत्राचार नगर्ने, खरिद कानूनले निर्देश गरेको प्रक्रिया विपरीत पहिलोबाट एकैचोटी चौथो योग्य बोलपत्रदातासँग सम्झौता गर्ने जस्ता गैरकानुनी काम गरेको आयोगले दाबी गरेको छ। आयागले प्रतिवादीहरुसँग ३६ करोड ७८ लाख पाँच सय ४३ बिगो कायम गरेको थियो । नगरपालिकाका तत्कालीन इन्जिनियर विजयकुमार खत्री, सब इन्जिनियर मोतिलाल प्रसाव, योजना अधिकृत शिशिर कुमार खड्का, प्रशासकीय अधिकृत पिताम्बर पौडेल, प्राविधिक सहायक उज्जवल रावत, खरिदार सन्तोष तिवारी, लेखापाल जीवन सोमै र सह लेखापाल छविलाल सुनारलाई प्रतिवादी बनाइएकोमा उनीहरुले पनि सफाइ पाएका छन् ।

त्यस्तै न्यू हरि निर्माण सेवा सुर्खेतका प्रोपाइटर हरि बहादुर बुढा क्षेत्री र नवराज कन्सट्रक्सनका प्रोपाइटर नवराज ढकाल, एञ्जल कन्सट्रक्सन, वीरेन्द्रनगर, सुर्खेतका प्रोपाइटर भिम बहादुर बुढा क्षेत्रीलाई पनि प्रतिवादी थिए ।

ताजा अपडेट

नेपालवाच विशेष