साउनयता छ सयभन्दा बढीमा स्क्रब टाइफस
चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये छ सय छ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार साउनयता तीन हजार दुई सय १७ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
कार्यालयका जनस्वास्थ्य अधिकृत बिमल पटेलका अनुसार सङ्क्रमितमध्ये तीन सय छजना चितवनका हुन् भने तीन सयजना जिल्ला बाहिरका रहेका छन् । जिल्लामा सङ्क्रमितमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका एक सय ४६ जना र सबैभन्दा कम माडी नगरपालिकाका आठजना रहेका छन् ।
यस्तै रत्ननगर नगरपालिकाका ४५ जना, खैरहनी नगरपालिकाका ३० जना, राप्ती र कालिका नगरपालिकाका २७/२७ जना र इच्छाकामना गाउँपालिकाका २३ जना रहेका छन् । सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको छ ।
साउनयता आएका बिरामीमध्ये तीन हजार दुई सय ८० जनामा डेङ्गीको संक्रमण पुष्टि भएको छ । १० हजार ५७३ जनाको परीक्षणका क्रममा उनीहरूमा डेङ्गीको संक्रमण पुष्टि भएको हो ।
जसमध्ये दुई हजार पाँच सय २० जना चितवनका रहेका छन् भने सात सय ६० जना जिल्ला बाहिरका रहेका छन् । जिल्लामा सङ्क्रमितमध्ये दुई जनाको मृत्यु भएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया