एनआइसी एसिया बैंकले चार कम्पनीको ३२ करोड बराबरको संस्थापक सेयर बिक्री गर्दै
काठमाडाैं । एनआइसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको चार वटा कम्पनीको ३१ करोड रुपैयाँ बराबरको संस्थापक सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ ।
बैंकल एक सूचना जारी गर्दै सेयर बिक्री गर्नेबारे जानकारी गराएको हो । सूचनाअनुसार बैकले सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्ट (सीआईटी) ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता, सूर्यज्योति लाइफको ८ लाख ९३ हजार ८२५ कित्ता र नेपाल इन्फ्राक्चर बैंक (निफ्रा) को ९ लाख ६५ हजार कित्ता गरी कुल १९ लाख ६० हजार ६३० कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ ।
इच्छुक योग्य लगानीकर्ताले सूचना प्रकाशित भएको मितिदेखि मंसिर ८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । योग्य लगानीकर्ताले अधिकतम सम्पूर्ण र न्युनतम पाँच हजार कित्ताको लागि आवेदन दिन सकिनेछ ।
सीआईटीको न्युनतम ७७९ रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको न्यूनतम मूल्य २९७ रुपैयाँ, सूर्यज्योति लाइफको १७८ रुपैयाँ र निफ्राको १०१ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरिएको छ ।
बोलपत्र आवेदन काठमाडाैं, थापाथली ट्रेड टावरस्थित एनआइसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए



प्रतिक्रिया