नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा जाने
काठमाडौं । नेपाल वायुसेवा निगमको ए-३३० वाइडबडी जहाज ‘नाइन ए-एएलजेड’ (मकालु) आजदेखि पुनः नियमित उडानमा जाने भएको छ ।
जहाजको नियमित सि-चेकको मर्मतपश्चात् नियमित उडान गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले बताए । जहाज मर्मतका लागि तीन महिनाअघि इटाली लगिएको थियो ।
उनले भने, “अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि-चेकको मर्मतसम्भारपछि जहाज आइपुगेको छ । जहाज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थिया । आज बेलुकाबाटै उडान सुरु हुनेछ ।”
उक्त जहाजसहित निगमका चारवटै जहाजले अन्तर्राष्ट्रिय क्षेत्रमा नियमित उडान गरेसँगै यात्रुलाई थप सेवा पुग्ने विश्वास गरिएको प्रवक्ता पौडेलले बताए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया