रविलाई उपस्थित गराइयो कास्की अदालत
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
यसअघि अनुसन्धानका लागि अदालतले उपलब्ध गराएको १३ दिनको समय सकिएपछि प्रहरीले आइतबार बिहान उनलाई अदालतमा उपस्थित गराएको हो ।
संसदीय विशेष छानबिन समितिले पोखराको सूर्यदर्शनलगायत सहकारीको रकम गोरखा मिडिया प्रालिमा ल्याउन लामिछानेको संलग्नता नभए पनि त्यहाँ गइसकेपछि खर्च गर्ने कार्यमा संलग्न रहेको ठहर गर्दै कारबाही सिफारिस गरेको थियो । संसदीय समितिको त्यस्तो सिफारिससँगै रविलाई गत कात्तिक २ गते नियन्त्रणमा लिएर पोखरा लगिएको थियो । उनलाई बयानका लागि बुटवलसमेत लगिसकिएको छ ।
रविविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले भने सहकारी ठगी प्रकरणमा आफ्ना पार्टी सभापतिको संलग्नता नहुँदा नहुँदै पनि राजनीतिक प्रतिशोध राखेर पक्राउ गरिएको जनाउँदै आएको छ । बाहिरै राखेर लामिछानेमाथि बयान लिनुपर्ने माग राखेको रास्वपाले हिरासत बसाइ लामो बनाउन सरकार र प्रहरीको मिलेमतोमा अदालतबाट म्याद थप गरिएको आरोप पनि लगाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया