रविलाई उपस्थित गराइयो कास्की अदालत
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
यसअघि अनुसन्धानका लागि अदालतले उपलब्ध गराएको १३ दिनको समय सकिएपछि प्रहरीले आइतबार बिहान उनलाई अदालतमा उपस्थित गराएको हो ।
संसदीय विशेष छानबिन समितिले पोखराको सूर्यदर्शनलगायत सहकारीको रकम गोरखा मिडिया प्रालिमा ल्याउन लामिछानेको संलग्नता नभए पनि त्यहाँ गइसकेपछि खर्च गर्ने कार्यमा संलग्न रहेको ठहर गर्दै कारबाही सिफारिस गरेको थियो । संसदीय समितिको त्यस्तो सिफारिससँगै रविलाई गत कात्तिक २ गते नियन्त्रणमा लिएर पोखरा लगिएको थियो । उनलाई बयानका लागि बुटवलसमेत लगिसकिएको छ ।
रविविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले भने सहकारी ठगी प्रकरणमा आफ्ना पार्टी सभापतिको संलग्नता नहुँदा नहुँदै पनि राजनीतिक प्रतिशोध राखेर पक्राउ गरिएको जनाउँदै आएको छ । बाहिरै राखेर लामिछानेमाथि बयान लिनुपर्ने माग राखेको रास्वपाले हिरासत बसाइ लामो बनाउन सरकार र प्रहरीको मिलेमतोमा अदालतबाट म्याद थप गरिएको आरोप पनि लगाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया