आज पनि सुनको मूल्यमा भारी गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं । सोमबार १५ हजार ९ सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार पनि भारी गिरावट देखिएको छ । आज सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ५१ हजार ९ रुपैयाँमा कारोबार भएको थियो ।
सरकारले भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा कायम गरेसँगै सुनको मूल्यमा ठूलो गिरावट आएको हो ।
आज चाँदीको मूल्यसमेत घटेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया