गार्डिएन माइक्रो लाइफ इन्स्योरेन्सले आइपिओ निष्काशन गर्दै, क-कसले दिन पाउनेछन् आवदेन ?
काठमाडाैं । गार्डिएन माइक्रो लाइफ इन्स्योरेन्सले मंसिर १९ गतेदेखि आइिपओ निष्काशन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपिओ निष्काशन गर्ने लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट मंसिर ८ गते अनुमति पाइसकेको छ । जसमध्ये १० प्रतिशत अर्थात, २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गर्न लागेको हो ।
वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन मंसिर १९ देखि पुस ३ गतेसम्म दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने मेरो सेयर, सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत सेयर भर्न सकिनेछ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया