गार्डिएन माइक्रो लाइफ इन्स्योरेन्सले आइपिओ निष्काशन गर्दै, क-कसले दिन पाउनेछन् आवदेन ?
काठमाडाैं । गार्डिएन माइक्रो लाइफ इन्स्योरेन्सले मंसिर १९ गतेदेखि आइिपओ निष्काशन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपिओ निष्काशन गर्ने लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट मंसिर ८ गते अनुमति पाइसकेको छ । जसमध्ये १० प्रतिशत अर्थात, २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गर्न लागेको हो ।
वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन मंसिर १९ देखि पुस ३ गतेसम्म दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने मेरो सेयर, सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत सेयर भर्न सकिनेछ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया