पिजीको प्रवेश परीक्षाका लागि आवेदन आह्वान
काठमाडौं । चिकित्सा शिक्षा स्नातकोत्तर तह (एमईसिईई–पिजी २०२५) को प्रवेश परीक्षाका लागि अनलाइन आवेदन आह्वान गरिएको छ ।
चिकित्सा शिक्षा आयोगले लामो रस्साकस्सीपछि पिजीका विभिन्न शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी छनोटका लागि शुक्रबार आवेदन आह्वान गरेको हो ।
०८१ म्ंसिर १७ गतेदेखि पुस ७ गतेसम्म नियमित दस्तुर र पुस ८ गतेदेखि १४ गतेसम्म दोब्बर दस्तुर बुझाएर आवेदन दिन सकिनेछ ।
आवासीय चिकित्सकको भत्ता बढाउने निर्णय सरकारले गरेपछि निजी चिकित्सा क्याम्पसहरूले विद्यार्थी भर्ना गर्न नसक्ने अडान लिएका थिए । यही विषयले सिर्जित विवादका कारण ढिलो गरी पिजीको प्रवेश परीक्षाका लागि परिषद्ले आवेदन आह्वान गरेको हो ।
हेर्नुहोस् सूचना
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा



प्रतिक्रिया