घरेलु मैदानमा बार्सिलोना स्तब्ध
काठमाडौं । बार्सिलोना घरेलु मैदानमा पराजित भएको छ । गएराति सम्पन्न खेलमा बार्सिलोना लास पाल्माससँग २–१ को गोल अन्तरमा पराजित बनेको हो ।
लास पाल्मासको जितका लागि सान्ड्रो रामिरेज र फाबियो सिल्भाले १–१ गोल गरे । रामिरेजले खेलको ४९औं मिनेटमा गोल टिमलाई अग्रता दिलाएकोमा ६१औं मिनेटमा राफिन्हाले बराबरी गोल फर्काए । ६७औं मिनेटमा लास पाल्मासका फाबियो सिल्भाले निर्णायक गोल गर्दै टिमलाई जित दिलाए ।
बार्सिलोनाका नयाँ प्रशिक्षक ह्यान्सी फ्लिकको नेतृत्वमा उत्कृष्ट सुरुआत गर्दै बार्सिलोनाले घरेलु मैदानमा लगातार आठ खेल जितेको थियो। टोलीले रियल मड्रिड र च्याम्पियन्स लिगमा बायर्न म्युनिखलाई पराजित गरेको थियो। तर, पछिल्ला तीन ला लिगा खेलमा टोलीले जित निकाल्न सकेको छैन।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया