एक इन्टरनेट सेवाप्रदायकको अनुमतिपत्र खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एक इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको छ । तोकिएको समयभित्र नवीकरण नगरेपछि प्राधिकरणले नेट म्याक्स टेक्नोलोजिज प्रालिको अनुमतिपत्र खारेज गरेको हो ।
नेट म्याक्सले तोकिएको समयभित्र नवीकरणका लागि निवेदन नदिएकाले दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमतिपत्र खारेज गरेको प्राधिकरणले जनाएको छ ।
नेट म्याक्सले २०६६ असोज २९ देखि इमेलसहितको इन्टरनेट सेवाको अनुमति पाएको थियो ।
प्राधिकरणले नियमानुार भुक्तानी गर्नुपर्ने रकम आगामी ३० दिनभित्र भुक्तानी गर्न पनि निर्देशन दिएको छ । तोकिएको समयभित्र आर्थिक दायित्व भुक्तान नगरेमा कानूनअनुसार कारबाही गर्ने उसको चेतावनी छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया