नेपाल आउँदै भुटानी राजा
काठमाडौं । भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुक नेपाल आउने भएका छन् । आउँदो मंसिर २१ गते उनी ड्रुक एयरमार्फत नेपाल आउन लागेका हुन् ।
उनी बौद्धनाथ र स्वयम्भुनाथको दर्शन गरेर सोही दिन अपरान्ह २ः४० बजे स्वदेश फर्किने कार्यतालिका छ । यी दुई ठाउँको दर्शनवाहेक उनको भ्रमणको उद्देश्य खुलाइएको छैन ।
उनको भ्रमण अवधिभर आगमन, प्रस्थान तथा बौद्धनाथ र स्वयम्भुनाथको दर्शन गर्ने समय प्रयोग हुने बाटोमा सुरक्षा व्यवस्था कडा बनाइनेछ । उनको भ्रमणको तयारीका लागि ९ सदस्यीय अग्रिम टोली काठमाडौं आइसकेका छन् ।
यसअघि पूर्वराजा ज्ञानेन्द्र शाहले भुटान पुगेर राजा जिग्मेसँग भेटेको विषय चर्चामा आएको थियो ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया