नेपाल आउँदै भुटानी राजा

काठमाडौं । भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुक नेपाल आउने भएका छन् । आउँदो मंसिर २१ गते उनी ड्रुक एयरमार्फत नेपाल आउन लागेका हुन् ।
उनी बौद्धनाथ र स्वयम्भुनाथको दर्शन गरेर सोही दिन अपरान्ह २ः४० बजे स्वदेश फर्किने कार्यतालिका छ । यी दुई ठाउँको दर्शनवाहेक उनको भ्रमणको उद्देश्य खुलाइएको छैन ।
उनको भ्रमण अवधिभर आगमन, प्रस्थान तथा बौद्धनाथ र स्वयम्भुनाथको दर्शन गर्ने समय प्रयोग हुने बाटोमा सुरक्षा व्यवस्था कडा बनाइनेछ । उनको भ्रमणको तयारीका लागि ९ सदस्यीय अग्रिम टोली काठमाडौं आइसकेका छन् ।
यसअघि पूर्वराजा ज्ञानेन्द्र शाहले भुटान पुगेर राजा जिग्मेसँग भेटेको विषय चर्चामा आएको थियो ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया