NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २१ गते

स्थानीय तहमा रास्वपाको पहिलो जित, श्रेष्ठ बनिन् वडाध्यक्ष

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि रोजिना श्रेष्ठ विजयी बनेकी छन् । स्थानीय तहमा रास्वपाले निकालेको यो पहिलो जित हो ।

आइतबार सम्पन्न निर्वाचनमा श्रेष्ठ २ हजार ९०२ मतका साथ विजयी बनेकी हुन् । श्रेष्ठलाई नजिकबाट पछ्याएका एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २२० मत पाउँदा कांग्रेसका देवेन्द्र पाठक २ हजार २१४ मतमा रोकिए ।

२०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट विजयी मुकुन्द रिजालको निधन भएपछि आइतबार यो वडामा उपनिर्वाचन भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष