NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमाले विजयी

काठमाडौं । दैलेखको महाबु गाउँपालिका अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी बनेका छन् । नेपाली कांग्रेसका झलकबहादुर भण्डारीलाई रोक्दै शाही गाउँपालिका अध्यक्षमा विजयी बनेका हुन् ।

एमालेका शाहीले ३१२७ मतका साथ जित दर्ता गराउँदा कांग्रेसका झलकबहादुर भण्डारी २६७५ मतमा रोकिए ।

माओवादीका जंगबहादुर बराल मगरले ८४२, रास्वपाका प्रकाशकुमार बुढाले ११२ मत पाए ।

यसअघि एकीकृत समाजवादीका केन्द्रीय सदस्य र दैलेख अध्यक्ष रहेका शाही उपनिर्वाचनको उम्मेदवारी दर्ताअघि मात्रै एमालेमा फर्किएका थिए ।

यो पालिकामा यसअघि कांग्रेस विजयी भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष