भुटानी नरेशले गरे स्वयम्भूनाथ दर्शन
काठमाडौँ । भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका छन् ।
यसअघि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी नरेशलाई स्वागत गरेका थिए । करिब आधा घण्टा त्यहाँ रहेको भुटानी नरेशले स्वयम्भूनाथ परिसरबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गरे ।
आज बिहान नेपाल आइपुुगेका भुटानी नरेशको स्वयम्भूनाथ दर्शनपछि बौद्धनाथ दर्शन गर्ने कार्यक्रम छ । भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आएका भुटानी नरेश आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प
-
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन गर्न राप्रपाको माग
-
नेपाली सेनालाई सिमानामा लगेर तैनाथ गर्न हर्क साम्पाङको सुझाव
-
प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिलाई सारियो


प्रतिक्रिया