पत्रकार महासङ्घ निर्वाचन : कुन पदमा क–कसको पर्यो उम्मेदवारी ?

काठमाडौं । यही मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । महासंघको सर्वोच्च पद अध्यक्षमा कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी परेको हो ।
गिरीले प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका हुन् भने शर्माले प्रेस चौतारीसहित प्यानलबाट उम्मेदवारी दिएकी हुन् । प्रेस सेन्टरनिकट बिष्टले भने स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाई, दामोदरप्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरीसहित चार जनाको उम्मेदवारी परेको छ । चौलागाईले चौतारी प्यानल र पुरीले प्रेस सेन्टर प्यानलबाट उम्मेदवारी दिएका हुन् ।
शुक्रबार बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न समयसीमा तोकिएकामा उक्त समयसीमाभित्र ४७ पदका लागि एक सय ३३ जनाको उम्मेदवारी दर्ता भएको छ
उपाध्यक्ष महिलामा गङ्गा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ । पौडेल प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन भने पण्डित चौतारी नेतृत्व प्यानलको ।
त्यसैगरी, महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल, लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ । जसमा दाहाल चौतारी नेतृत्वको प्यानलबाट उम्मेदवार भने न्यौपाने सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन् ।
महासङ्घको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न समयसीमा तोकिएकामा उक्त समयसीमाभित्र ४७ पदका लागि एक सय ३३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
ताजा अपडेट
-
गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ
-
ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा
-
अरनिको राजमार्ग बिस्तार : धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो
-
विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा
-
यसवर्ष करिब ६० हजार जना डेंगुबाट सङ्क्रमित हुने अनुमान
प्रतिक्रिया