एनपिएलमा सुदूरपश्चिमको तेस्रो जित, लुम्बिनीको हार रोकिएन

काठमाडौं । एनपिएलमा सुदूरपश्चिम रोयल्सले तेस्रो जित निकालेको छ । सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो जित निकाल्दा लुम्बिनी लायन्सले भने हारको सिलसिला अन्त्य गर्न सकेन ।
लुम्बिनीलाई ४५ रनको फराकिलो अन्तरमा पराजित गर्दै सुदूरपश्चिमले तेस्रो जित निकालेको हो ।
सुदूरपश्चिमले १८८ रनको लक्ष्य दिएकोमा लुम्बिनीले ९ विकेट गुमाएर १४२ मात्र जोड्न सक्यो ।
लुम्बिनीका लागि विवेक यादवले सर्वाधिक ७७ रन बनाए । अविजित रहेका उनले ५४ बल खेल्दै ३ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै, सन्दीप जोराले २०, दिनेश अधिकारीले १४ रन बनाए । लुम्बिनीका अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् ।
सुदूरपश्चिमका ब्राण्डन म्याकमुलेन र सैफ जैबले ३–३ तथा स्कट कुगेलेइनले २ र अविनाश बोहराले १ विकेट लिए ।
टियू क्रिकेट मैदान कीर्तिपुरमा पहिले टस हारेर ब्याटिङ सम्हालेको सुदूरपश्चिमले निर्धारित २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १८७ रनको योगफल बनायो ।
सुदूरपश्चिमका लागि ओपनर जैबले सर्वाधिक ९० रन बनाए । ६१ बलमा ६ चौका र ५ छक्का हिर्काउँदै उनले सुखद् सुरुआत गरेका हुन् । शतक नजिक पुगे पनि जैब १८।४ ओभरमा आउट भए ।
त्यसैगरी, म्याकमुलेनले २३ र विनोद भण्डारीले १७ रनको योगफल बनाउँदा आरिफ शेख शून्य रनमै आउट भए । कप्तान दीपेन्द्र सिंह ऐरी १९ बलमा ३९ रन बनाएर अविजित रहे भने स्कट कुगेलेइनले ११ रन बनाए ।
बलिङतर्फ लुम्बिनीका रामोन सिमोण्ड्सले २ तथा कप्तान रोहित पौडेल र विवेक यादवले समान १÷१ विकेट लिए ।
ताजा अपडेट
-
तरुण दलको अधिवेशनमा खुकुरी प्रहार, घाइते ४ मध्ये २ को अवस्था गम्भीर
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
प्रतिक्रिया