NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २५ गते

विद्रोही अघि बढेपछि सिरियाली राष्ट्रपतिले छाडे दमास्कस

काठमाडौं (एजेन्सी) । सिरियाली राष्ट्रपति बसर अल असदले दमास्कस छोडेका छन् । त्यहाँ प्रवेश गरेर बिद्रोही समूहले आक्रमण थालेपछि राष्ट्रपति असदले दमास्कस छाडेका हुन् ।

समाचार एजेन्सी रोयटर्सले दुई वरिष्ठ सिरियाली अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति असदले दमास्कस छोडेको जनाएको छ । दमास्कस छाडेर उनी कता गए भन्नेबारे केही खुलाइएको छैन ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले पनि राष्ट्रपति बसर अल असदलाई बोकेको हुन सक्ने एउटा निजी विमान दमास्कस विमानस्थलबाट प्रस्थान गरेको जनाएको छ ।

विद्रोही समूहहरूले सिरियामा हमला बढाउँदै विभिन्न सहरहरूमा नियन्त्रण जमाएका छन् । यो समूहले हामा, डेराका अधिकांश भाग र तेस्रो ठूलो सहर होम्सलाई आफ्नो कब्जामा पारेको हो ।

इस्लामिक चरमपन्थी समूह हयात तहरिर अल–शाम (एचटीएएस) का प्रमुख अबु मोहम्मद अल जुलानीले होम्स कब्जालाई ऐतिहासिक भनेका छन्।

ताजा अपडेट

नेपालवाच विशेष