जनकपुरले लुम्बिनीलाई दियो १३७ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको मध्यम लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ सम्हालेको जनकपुरले पूरै निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३६ रन जोडेको हो ।
निकै राम्रो सुरुवात गरेको जनकपुरको लय अनिल साह आउट भएसँगै बिग्रिएको थियो । त्यसपछि खेलमा हाबी हुँदै लुम्बिनीले जनकपुरलाई दबाबमा राखिरह्यो ।
जनकपुरका लागि अनिल साहले सर्वाधिक ४५ रन बनाए । ३७ बलमा चार छक्का र एक चौका हिर्काउँदै उनले ४५ रन बनाएका हुन् । आजको खेलमा अनिललाई दोस्रो अर्धशतक बनाउने अवसर थियो । तर ५ रनले उनले उक्त अवसर गुमाएका छन् ।
त्यसैगरी, लाहिरु मिलन्थाले २७ र आशिफ शेखले १६ रन बनाए । शुभ कंसाकार २४ बलमा २२ रन जोडेर अविजित रहे । यसबाहेक जनकपुरका कुनै पनि ब्याटरले दोहोरो रन जोड्न सकेनन् ।
जनकपुरको बेगलाई १३६ रनमा जोड्न लुम्बिनीका अभिषेक गौतमले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा मात्रै २० रन खर्चेर ३ विकेट लिए ।
त्यस्तै, कप्तान रोहित पौडेल, साद विन जफरले २÷२ तथा सन्दीप जोराले १ विकेट लिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया