एनपिएल : लुम्बिनीविरुद्ध बलिङ गर्दै चितवन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको आजको पहिलो खेल सुरु भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केही समयअघि सुरु खेलमा टस जितेर चितवन राइनोजले लुम्बिनी लायन्सविरुद्ध बलिङ गरिरहेको छ ।
आजको खेलमा दुवै टिम जित निकाल्ने दाउमा छन् ।
हालसम्म चार खेल खेलिसकेको चितवन राइनोजले तीनमा जित र एकमा हार व्यहोरेको छ । ६ अंकसहित तेस्रो स्थानमा रहेको चितवन आजको खेल आफ्नो पोल्टामा पारेर आफ्नो अवस्था सुधार गर्न चाहन्छ ।
चार खेल खेलिसकेको लुम्बिनीले यसअघिको खेलमा जनकपुरमाथि दबाब कायम गरेको थियो । तर एक रनले लुम्बिनीको जित टाढिन पुग्यो । हालसम्म एउटा खेलमा पनि जित निकाल्न नसकेको लुम्बिनी अंक तालिकाको सबैभन्दा पुछारमा छ । त्यसैले लुम्बिनी आजको खेलमा जित निकाल्नै पर्ने दबाबमा छ ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया