एनपिएल : लुम्बिनीविरुद्ध बलिङ गर्दै चितवन
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको आजको पहिलो खेल सुरु भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केही समयअघि सुरु खेलमा टस जितेर चितवन राइनोजले लुम्बिनी लायन्सविरुद्ध बलिङ गरिरहेको छ ।
आजको खेलमा दुवै टिम जित निकाल्ने दाउमा छन् ।
हालसम्म चार खेल खेलिसकेको चितवन राइनोजले तीनमा जित र एकमा हार व्यहोरेको छ । ६ अंकसहित तेस्रो स्थानमा रहेको चितवन आजको खेल आफ्नो पोल्टामा पारेर आफ्नो अवस्था सुधार गर्न चाहन्छ ।
चार खेल खेलिसकेको लुम्बिनीले यसअघिको खेलमा जनकपुरमाथि दबाब कायम गरेको थियो । तर एक रनले लुम्बिनीको जित टाढिन पुग्यो । हालसम्म एउटा खेलमा पनि जित निकाल्न नसकेको लुम्बिनी अंक तालिकाको सबैभन्दा पुछारमा छ । त्यसैले लुम्बिनी आजको खेलमा जित निकाल्नै पर्ने दबाबमा छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया