एनपिएलमा लुम्बिनीकाे पहिलाे जित
काठमाडाै । नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले पहिलाे जित निकालेकाे छ ।
मंगलबार बिहान सम्पन्न खेलमा लुम्बिनीले चितवन राइनाेजमाथि ३३ रनकाे जित निकालेकाे हाे ।
चितवनले लुम्बिनीबाट १६८ रनकाे लक्ष्य पाएकाेमा ८ विकेटकाे क्षतिमा १३४ रन मात्र बनाउन सक्याे ।
याेसँगै एनपिएलमा लुम्बिनीले आफ्नाे हारकाे श्रृखलामा विराम लगाउँदै जितकाे सिलसिला सुरू गरेकाे छ । लुम्बिनकाे याे जितमा कप्तान राेहित पाैडेलले उत्कृष्ट प्रदर्शन गरे ।
लुम्बिनीले दिएकाे १६८ रनको लक्ष्य पछ्याएर अघि बढेकाे चितवन राइनोजले पूरै २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाउन सक्यो ।
चितवनका लागि लुक बेन्केनसटाइनले सर्वाधिक ३१ रन बनाउँदा कुशल मल्लले २०, नरबहादुर सार्कीले २२, रिजन ढकालले १४, रवि बोपाराले १२ र सन्तोष कार्कीले १० रन बनाए । यसबाहेक अन्य ब्याटरले दाहाेराे रन जाेड्न सकेनन् ।
बलिङतर्फ लुम्बिनीका रामोन सिमोण्ड्सले २ विकेट तथा साद विन जफर र अभिशेष गौतमले १/१ विकेट लिए ।
त्यसभन्दा पहिले ब्याटिङ गरेकाे लुम्बिनीले ६ विकेटको क्षतिमा १६७ रन बनाएकाे थियाे
लुम्बिनीले १६७ रनको योगफल बनाउँदा कप्तान रोहित पौडेल र साद विन जफर दुवैले अर्धशतकीय पारी खेले । रोहित ५६ बलमा ८२ रन बनाएर आउट हुँदा जफरले ३५ बलमा ५१ रन बनाए ।
त्यसैगरी, अर्जुन साउदले १५ रन र टम मुर्सले १० रन बनाए । यसबाहेकका लुम्बिनीका अन्य ब्याटरले भने दोहोरो रन जोड्न सकेनन् ।
बलिङतर्फ रिजन ढकालले ३ विकेट लिँदा कुशल मल्ल र रञ्जित कुमारले समान १/१ विकेट झारे ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया