एनपिएल : जनकपुरद्वारा काठमाडौँ पाँच विकेटले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गर्दै जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा काठमाडौंले जितका लागि दिएको एक सय दुई रनको लक्ष्य जनकपुरले १५ दशमलव पाँच ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको हो ।
जनकपुरका लागि जेम्स निशमले सर्वाधिक २७ रन बनाए । उनले १७ बलमा तीन छक्का र एक चौकाको मद्दतले २७ रन बनाएका हुन् ।
हर्ष ठाकरले २५, लाहिरु मिलन्थाले १६, मोहम्मद मोहसिनले १३ र कप्तान अनिल शाहले ११ रनको योगदान दिए । काठमाडौंका लागि शुभ कङ्साकारले पाँच रन जोड्दा आसिफ शेखले दुई रन बनाए ।
यो खेलमा जनकपुरले अतिरिक्त पाँच रन प्राप्त गरेको छ । बलिङतर्फ काठमाडौँका कप्तान करण केसीले सर्वाधिक दुई विकेट लिए । गेरहार्ड इरास्मस, दिपेश कँडेल र शाहब आलमले समान एकरएक विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको काठमाडौँले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर एक सय एक रन बनाएको थियो । काठमाडौँका लागि गेरहार्ड इरास्मसले सर्वाधिक २० रन बनाए । कप्तान करण केसीले १९ र स्टिफन एस्किनाजी १७ रन बाहेक अन्य कुनै खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
काठमाडौंका लागि शाहब आलम र माइकल लेविटले समान आठ–आठ, रासिद खानले सात, प्रतिक श्रेष्ठले छ, भीम सार्कीले चार र डेन डउथवेटले एक रन बनाए । यो खेलमा काठमाडौंले अतिरिक्त ११ रन पाएको थियो ।
जनकपुरको लागि ललित राजवंशी र शेर मल्लले सर्वाधिक समान तीन–तीन विकेट लिए । यस्तै, मोहम्मद मोहसिनले दुई, अर्निको यादव र किशोर महतोले एकएक विकेट हात पारेका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया