NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

पूर्वमेयर सिंहको निधनमा कामपामा शोक बिदा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्वमेयर पिएल सिंहको निधनमा आज शोक बिदा दिएको छ । उनको ८७ वर्षका उमेरमा उपचारका क्रममा आज विहान निधन भएको थियो ।

कामपाको सहायक प्रवक्ता धुव्रकुमार काफ्लेले पूर्व मेयर सिंहको निधनमा कामपाको केन्द्रीय कार्यालय र मातहतको सबै वडा कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द गरी शोक बिदा दिने निर्णय गरेको जानकारी दिए ।

२०५२ साल मङ्सिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष