रविलाई उपस्थित गराइयो अदालत
काठमाडौं । सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
गत बिहीबार अदालतले उपलब्ध गराएको ५ दिनको समय सकिएपछि प्रहरीले थप समय माग गर्दै उनलाई अदालतमा उपस्थित गराएको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले रविमाथिको अनुसन्धान सकाएर त्यससम्बन्धी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । प्रतिवेदन अध्ययन गरेर उनीमाथि चलाउने मुद्दाबारे निक्र्योल गर्न समय लाग्ने तर्क पेश गर्दै प्रहरीले गोरखा मिडिया प्रालिका तत्कालीन निर्देशक रवि लामिछानेसहित सो प्रकरणको छानबिनका लागि हिरासतमा रहेका छविलाल जोशी, रामबहादुर खनाल, लीला पछाईंलाई अदालतमा उपस्थित गराएको हो ।
रविलगायत व्यक्तिविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरेको प्रहरीले ९० दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । छविलाल जोशीलाई पक्राउ गरेर प्रहरीले यसमाथि अनुसन्धान थालेको ८५ दिन पुगेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया