कृषि मन्त्रालयले ग–यो शाखा अधिकृत बर्खास्त
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक शाखा अधिकृत बर्खास्त गरेको छ ।
कृषि अर्थ विज्ञ पदमा कार्यरत सन्तोष अधिकारीलाई सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी मन्त्रालयले बर्खास्त गरेको हो ।
बिना जानकारी ९० दिनभन्दा बढी समय गैरहाजिर रहेकाले निजामती सेवा ऐन, २०४९ अनुसार उनलाई सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।
अधिकारीलाई सेवाबाट हटाउने निर्णय गर्नुअघि मन्त्रालयले उनीसँग स्पष्टीकरण सोधेको थियो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया