कृषि मन्त्रालयले ग–यो शाखा अधिकृत बर्खास्त

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक शाखा अधिकृत बर्खास्त गरेको छ ।
कृषि अर्थ विज्ञ पदमा कार्यरत सन्तोष अधिकारीलाई सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी मन्त्रालयले बर्खास्त गरेको हो ।
बिना जानकारी ९० दिनभन्दा बढी समय गैरहाजिर रहेकाले निजामती सेवा ऐन, २०४९ अनुसार उनलाई सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।
अधिकारीलाई सेवाबाट हटाउने निर्णय गर्नुअघि मन्त्रालयले उनीसँग स्पष्टीकरण सोधेको थियो ।
ताजा अपडेट
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
-
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल
प्रतिक्रिया