आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कारबाही हुन्छ : गृहमन्त्री
चितवन । गृहमन्त्री रमेश लेखकले देशको कानुनअनुसार सबैमाथि समान रूपमा व्यवहार गरिने दोहो-याउँदै आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइने बताए । सहकारी ठग्नेहरुउपर निष्पक्षतापूर्वक छानबिन गरिने तथा दोषीमाथि कारबाही उनले हुने बताए।
सहकारी ठगीमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको फोटो सामाजिक सञ्जलामा ‘पोष्ट’ गर्नेलाई कारबाही गर्न निर्देशन दिएको उनले बताए । हिरासतको संवेदनशीलता तथा सुरक्षा कमजोरीमा संग्लन प्रहरीमाथि पनि कारबाही गर्न निर्देशन दिएको उनले जानकारी दिए ।
फरक प्रसङ्गमा गृहमन्त्री लेखकले वर्तमान सरकार परिवर्तन नहुने र मन्त्री पनि हेरफेर नहुने बताए । वर्तमान समीकरण २०८४ सालसम्म रहने बताए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया