NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

गाउँपालिका अध्यक्षले गरे सिडिओ अफिसमा तोडफोड

काठमाडौं । सेवा प्रवाहमा आफ्नो स्थानीय तहका नागरिकलाई विशेष सहुलियत दिनुपर्ने माग बेवास्ता गरेको भन्दै एक गाउँपालिका अध्यक्षले जिल्ला प्रशासन कार्यालयमा तोडफोड गरेका छन् ।

गुल्मीको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेद थापा मगरले जिल्ला प्रशासन कार्यालय, गुल्मीमा तोडफोड गरेका हुन् ।

भौगोलिक रूपमा विकट आफ्नो गाउँपालिकाका स्थानीयलाई राहदानी वितरणमा अलग्गै व्यवस्था हुनुपर्ने माग राख्दै उनी जिल्ला प्रशासन पुगेका थिए । प्रशासनले माग बेवास्ता गरेपछि  आक्रोसित बनेका उनले राहदानी फाँटको स्क्यानर नै फुटाइदिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय, गुल्मीले अहिले दैनिक ४० जनाको मात्र आवेदन लिने गरेकाे छ । सीमित संख्यामा आवेदन लिने गरिएकाले राहदानी लिनेको जिल्ला प्रशासनमा भीड लाग्ने गरेको छ । जिल्ला प्रशासनमा राहदानी लिनेकाे भीड लाग्दा टाढाबाट आउने आफ्नाे स्थानीय तहका नागरिकले दुःख पाएकाे थापा मगरेकाे भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय, गुल्मीले कालीगण्डकी गाउँपालिकाका अध्यक्ष थापा मगरले अभद्र व्यवहार प्रदर्शन गर्दै थापाले कार्यालयको सम्पत्तिमा क्षति पु–याएको जनाएको छ ।

अध्यक्ष थापा मगरले स्क्यानर फुटाइदिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियाे । तर उनले यसप्रति माफी मागेपछि साेही दिन साँझ छाडिएको छ ।

जिल्ला प्रहरी कार्यालय, गुल्मीले गाउँपालिका अध्यक्ष थापा मगरले आफूबाट गल्ती भएको स्वीकार गरी क्षमायाचना गरेकाले क्षति पु–याएको सामान किनिदिने सर्तमा छाडिएको जनाएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष