NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

जनकपुरको पोल्टामा एनपिएलको उपाधि

काठमाडौं । पहिलो पटक आयोजना गरिएको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जनकपुर बोल्ट्सको पोल्टामा परेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा जनकपुरले सुदूरपश्चिम रोएल्सविरुद्ध सानदार प्रदर्शन गर्दै उपाधि जितेको हो ।

त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ सम्हालेको सुदूरपश्चिमले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । जसलाई पछ्याउँदै ब्याटिङ गरेको जनकपुरले १९.२ ओभरमा त्यसलाई भेट्टाएर इतिहास रच्यो । जनकपुरले १९.२ ओभरमा ४ विकेटको क्षतिमा १८५ रन बनाउँदै जित सुनिश्चित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको सुरुमा जनकपुर हाबी भए पनि १५ ओभरपछि सुदूरपश्चिम हाबी हुन पुग्दा निकै रोचक बन्न पुगेको थियो । १९ ओभरमा जनकपुरलाई जितका लागि ३ बलको आवश्यकता परेको थियो । जसलाई उसले थप २ बलको सामना गर्दै पूरा गर्यो ।

एनपिएलका सुरुका चार खेलमा लयमा देखिएको जनकपुरको खेल त्यसपछि केही खस्किएको थियो । सुदूरपश्चिम विरुद्धको एक खेलमा हारको सामना गर्नु परेपछि मनोबल केही खस्किन पुगेको थियो । तर फाइनल खेलमा पुरानै लय पक्रन सफल हुँदा सुदूरपश्चिममाथि बदला मात्र लिएन एनपिएलको उपाधि हत्याउन पनि सफल भयो ।

सुदूरपश्चिमले एक बाहेक एनपिएलका सबै खेलमा राम्रो प्रदर्शन गरेको थियो । तर फाइनलमा बलिङको सुरुमा सम्हालिन नसक्दा उसले इतिहास रच्ने अवसर गुमाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष