रविको हिरासत बसाइको तस्बिर सार्वजनिक गर्ने निकोलस पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको त्यहाँ सुतिरहेको तस्बिर सार्वजनिक गर्ने डा. निकोलस भुसाल पक्राउ परेका छन् ।
नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार साँझ उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले पक्राउ परेका भुसाललाई अनुसन्धानका लागि कास्की ल्याउन लागिएको जनाएको छ ।
आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने भुसालले रवि लामिछानेलाई भेट्न जाने क्रममा त्यहाँ ड्युटीमा रहेका प्रहरीलाई कन्भिन्स गरेर सिसिटिभी निगरानी कक्षबाट लामिछाने सुतिरहेको तस्बिर स्क्रिन सट गरी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । उक्त तस्बिरले लामिछानेको गोपनीयता हनन् गरेको भन्दै विरोध भएपछि भुसाल स्वयंले उक्त तस्बिर खिचेर अन्जानवश सार्वजनिक गरेको भन्दै माफी मागेका थिए ।
प्रहरी स्रोतका अनुसार, भुसालमाथि साइबर क्राइमको मुद्दा चलाउने सम्भावना छ ।
सुरक्षामा लापरबाही गरेर लामिछानको हिरासतको तस्बिर सार्वजनिक गरेको भन्दै आलोचना चुलिएपछि प्रहरीले संलग्नमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएको थियो । तस्बिर बाहिर ल्याउने भुसाल पक्राउ परे पनि तस्बिर खिच्न दिने प्रहरीमाथि कारबाही गरिएको अहिलेसम्म सार्वजनिक भएको छैन ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया