दुई विश्वविद्यालयले पायो उपकुलपति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. धनेश्वर नेपाल र पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. वेदराज केसीलाई नियुक्त गरेका छन् ।
दुवै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले आज रिक्त उपकुलपतिमा नेपाल र केसीलाई नियुक्त गरेको उनको सचिवालयले जनाएको छ ।
नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ ज्योतिष विभागका अध्यक्ष समेत रहेका प्रा.डा. नेपालसँग विश्वविद्यालयका परीक्षा नियन्त्रकको अनुभव पनि छ । त्यस्तै नेपाल नेपाल प्राध्यापक सङ्घ, नेपाल संस्कृत विश्वविद्यालयको पूर्वमहासचिव पनि हुन् ।
प्रजातन्त्रवादी प्राध्यापकका रूपमा सक्रिय नेपाल १३ प्रतिस्पर्धीलाई पछि पार्दै उपकुलपतिमा नियुक्त भएका हुन् ।
त्यसैगरी, पोखरा विश्वविद्यालयमा १२ जना प्रतिस्पर्धीलाई पछि पार्दै केसी नियुक्त भएका छन् । केसी नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष हुन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया