NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ माघ ११ गते

काठमाडौं । अस्ट्रेलियामा व्यवसायरत विष्णु सापकोटासँग विवाह गरेको केही समयपछि अहिलेको चल्तीकी गायिका एलिना चौहान उतै गइन् । त्यसो त एलिनाको अस्ट्रेलिया बसाइँ अप्रत्यासित भने थिएन । विवाहपूर्व नै एलिनाले नेपाल र अस्ट्रेलियामा अबको बसाइ हुने बताइसकेकी थिइन् ।

पूर्वयोजना मुताविक एलिना केही समय श्रीमान्सँग उतै भुलिन् ।  उतैका कार्यक्रममा प्रस्तुति दिइन् ।  श्रीमानसँग अस्ट्रेलियामा रमाइरहेका बेला यता भने चियोचर्चो हुन थाल्यो– हुँदाखाँदाको करिअर छाडेर एलिना अस्ट्रेलिया भासिइन् ।

उनै एलिना शुभेच्छुकको विदेश नभासिऊन् भन्ने चाहना अनुसार केही समययता  नेपालमा बसिरहेकी छन् । महोत्सवलगायत कार्यक्रम तताइरहेकी छन् । अहिले फेरि उनको निजी जीवनलाई लिएर हल्ला चलाइएको छ– एलिनाको श्रीमान् विष्णुसँग राम्रो सम्बन्ध छैन । त्यसैले उनी अस्ट्रेलिया छाडेर नेपालमा बसिरहेकी छन् ।

गायिका एलिना चौहान विवाहअघिदेखि नै आफूबारेका अफवाहले हैरान थिइन् । विवाहपछि पनि त्यसले उनलाई छाडेको छैन

आफ्नोबारे बरोबर चियोचर्चो चल्न थालेपछि एलिनाले सञ्चारमाध्यममार्फत आफूबारे प्रचारित हल्लामा सत्यता नरहेको प्रष्ट पारेकी छन् । आ–आफ्नो बाध्यताका कारण दुई जना छुट्टिएर बस्नु परेको  र सम्बन्धमा कुनै समस्या नआएको उनको भनाइ छ ।

‘अडियन्सहरूले यत्रो लामो समय किन टाढा बसेको भनेर चिन्ता व्यक्त गर्नुभएको होला। तर, आआफ्नो बाध्यता र काम हुन्छ नि,’ उनले भनेकी छन्, ‘मैले पनि काम छोडेर चटक्कै उता जान सक्दिनँ। उहाँले पनि मेरो लागि अष्ट्रेलियाको त्यत्रो बिजनेस छोडर आउछु भन्न सक्नुहुन्न।’

बिहेअघि भएको पूर्वसहमतिअनुसार दुवै जनाले मिलाएर आ–आफ्नो काम गरिरहेको उनको भनाइ छ । दुर्इ/चार महिना टाढा हुँदैमा सम्बन्ध बिग्रिएको समाचार बनाउन नहुने उनले बताइन् ।

एलिना ओशोमा गएर बिन्दाससँग रमाएको भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । हल्लाखोरहरूले एलिनाको सम्बन्ध बिग्रिएको हल्ला फैलाउन यो भिडियोको पनि सहारा लिएको देखिन्छ । एलिनाले यसबारे प्रष्टीकरण दिँदै मनको शान्तिको लागि ओशो गएको बताएकी छन् ।

चल्तीकी, मनपरेकी गायिकाको जीवन सुखमयहोस् भन्ने चाहना राख्नु अन्यथा होइन । तर यसरी हल्लाखोर बनेर अमनचयन नै खल्बलिने गरी उठी सुख न बसी सुख भनेजस्तो त पार्नुभएन नि ! कि कसो एलिना ?