रानी-धरान सडक कालोपत्र हुने
विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर–४ राजवंशी चोक पश्चिम पुल चोकदेखि वडा नं १३ को रानी–धरान सडकलाई कालोपत्र गर्ने भएको छ ।
नहरको डिल हुँदै निर्मित उक्त सडक करिब रु चार करोडको लागतमा कालोपत्र गर्न बोलपत्र आह्वान गरिएको थियो । उक्त बोलपत्र अनुसार ऐसी–सिसी र एलसी जेभीले रु तीन करोड ८२ लाखमा ठेक्का सम्झौता गरी काम सुरु गरिसकेका छन् ।
महानगरले सो सो सडकका लागि आवश्यक बजेट आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने प्रमुख नागेश कोइरालाले जानकारी दिए । सो सडक निर्माणपछि धरान–विराटनगर सडकमा देखिँदै आएको ट्राफिक समस्या केही मात्रामा भए कम हुने प्रमुख कोइरालाको भनाइ छ ।
गत भदौ ६ गते ठेक्का सम्झौता भएको सो सडकमा हाल ग्राभेलको काम भइरहेको छ । ठेक्का सम्झौता अनुसार पाँच दशमलव पाँच किलोमिटर सडक कालोपत्र हुनेछ ।
यसअघि एयरपोर्ट रोडदेखि केशलिया रोडसम्म कालोपत्र भइसकेको छ । आगामी भदौ ५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको महानगरका पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया