रविको मुद्दा अभियोजन हुने जिल्लामा न्यायाधीश सरुवा
काठमाडौं । न्याय परिषद्को शुक्रबार बसेको बैठकले विशेष, उच्च र जिल्लाका २५ न्यायाधीशको सरूवा सिफारिस गरेको छ । यसरी न्यायाधीश सरुवा गरिएकामा रविको मुद्दा अभियोजन हुने जिल्ला पनि छन् ।
प्रधानन्यायाधीश तथा न्याय परिषद्का अध्यक्ष प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकले विशेषका एक सदस्य तथा उच्च र जिल्ला अदालतका गरी २५ न्यायाधीशको सरूवा सिफारिस गरेको न्याय परिषद्का अशोककुमार क्षेत्रीले जानकारी दिए ।
बैठकले विशेष अदालतका एक, उच्च अदालतका आठ र जिल्ला अदालतका १६ न्यायाधीशको सरूवा सिफारिस गर्ने निर्णय गरेको हो । रविको मुद्दा अभियोजन हुने पर्सा जिल्लामा दुई न्यायाधीश सिफारिस गरिएको छ । जिल्ला अदालत काठमाडौंमा कार्यरत उत्तम सिलुवाल र सिराहा जिल्ला अदालतमा कार्यरत न्यायाधीश उपेन्द्रकेशर खनाललाई पर्सा जिल्ला अदालत सरुवा गरिएको हो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया