NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । वस्तीको शुक्रबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

वस्तीलाई हृदयघात भएपछि शुक्रबार राति नै नर्भिक अस्पताल लगिएको थियो । त्यहीँ उपचारका क्रममा उनको निधन भएको हो ।

दिवंगत वस्ती ०६५ भदौ २२ देखि ०७० चैत २९ गतेसम्म सर्वोच्च अदालतका अतिरिक्त न्यायाधीश थिए । उनी मानव अधिकार आयोगको सदस्यसमेत बनेका थिए ।